बाजुरा । बाजुरा, जिल्ला स्वामिकार्तिक–५ निवासी २९ वर्षीया सराना बिकको बुढिनन्दा नगरपालिका काेल्टि आधारभुत अस्पताल, प्रसूति सेवा कोल्टीमा सफलतापूर्वक सल्यक्रिया सम्पन्न गरिएको छ।
उनी समय नाघेको (Post Date) अवस्थामा अस्पताल आएकी थिइन् । जाँच गर्दा गर्भस्थ शिशुले पेटमै दिशा (Meconium) गरेको पाइएपछि आमा र शिशुको स्वास्थ्यमा जोखिम बढ्ने भएकाले MDGP र चिकित्सकको टोलीले तुरुन्तै सिजेरियन अपरेशन (CS) गर्ने निर्णय गरे।
यस सफल अपरेशनमा MDGP डाक्टर रन्जित शाह, BN (Bachelor of Nursing चन्दिका कटवाल, सि.अ.न.मि.चन्दा कुमारी दानी, देउमा धामी Anaesthesia लाल बहादुर यादव, A. Pharmacist प्रेम नेपाली, कास कल्पना अएडि लगाएत टिमको सक्रिय सहभागिता रहेको थियो । अहिले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छक्क बोहराले हिमालय प्रेसलाई जानकारी दिनु भएको छ ।