उक्त पोस्टमा उनले आफुसँगै एक युवतीको पनि फोटो पोस्ट गरेका थिए । उनी थिईन्, चंखेली गाउँपालिका वडा नं ४ कै अन्दाजी २३ वर्षिया कर्मा बोहरा । बुढाथोकीले उक्त स्टाटसमा आफुहरुको दाजु बहिनीको पवित्र सम्बन्धलाई केही व्यक्तिहरुले अनैतिक सम्बन्धको आशंका गरी मध्य राति रक्सिको बाहनामा टाउको फुटाएको र हात भाँचिदिएको उल्लेख गरेका छन् ।
पटक पटक आफूहरुमाथि गम्भीर आरोप लागेपछि सहन नसकेपछि यो संसारबाट बिदा हुनु परेको उक्त पोस्टमा उल्लेख गरेका छन् । स्थानीयका अनुसार उनीहरु सम्बन्धमा रहेको र शुक्रबार केही बाहनामा बुढाथोकीलाई केही व्यक्तिले यातनासहित कुटपिट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार स्थानीयले उनीहरुलाई कर्णालीमा हाम फालेको देखेको र अहिले खोजी कार्य भईरहेको छ । ‘उहाँहरु दुवै जनाले बिहान करिब ८ बजेतिर कर्णालीमा हाम फालेको स्थानीयले देख्नु भएको रहेछ । अहिले हाम्रो टोलि खोजि कार्यमा लागेको छ ।’ जनता मिडियासँग उनले भने ।
हिक्मत बुढाथोकी चंखेली गाउँपालिका शिक्षा शाखामा कार्यरत थिए ।