विज्ञान/प्रविधि

आजको मौसम ; कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

२८ आश्विन २०८२, मंगलवार ०७:४८

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् । जसका कारण आज देशका अधिकांश भू–भागका मौसम सफा रहनेछ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै, महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

यसैगरी आज राती भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्