मुगु । तिहारको मुखमा मुगुको कनका सुन्दरी गाँउपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्थानीय खुशी भएका छन् । १ देखि ८ वडामा रहेका वडा कार्यालय पुगेर भत्ता वितरण गर्दा सेवाग्राही खुशी भएका हुन् ।
भत्ता लिन पहिला बैकंमा जानुपर्ने, लाइन बस्नुपर्ने झन्झनमुक्त भएपछि वडावासी खुशी भएका हुन् । यस पटक वडा कार्यालयमा पालिकाका कर्मचारी र बैंकका कर्मचारी आएर भत्ता बितरण गर्दा निकै सहज भएको कनका सुन्दरी गाँउपालिका–७ का धन बहादुर कार्कीले बताए ।
भत्ता लिनका लागि बैंकमा लाइन बस्नुपर्ने, दुई घण्टासम्म हिड्नुपर्ने वाध्यताको अन्त्य भएको तर यस बर्ष पहिलो चौमासिक भत्ता तिहारको अगाडि वडा कार्यालयबाटै पाउँदा खुशी लागेको वडा नम्बर ३ गौरीगाँउका कल्चु बुढाले बताए ।
पालिकाभित्र रहेका वडाबस्ती बैंक रहेको केन्द्रसम्म पुग्न आधा घण्टादेखि पाँच घण्टासम्म लाग्ने गरेको एकल, ज्येष्ठ, अपागंता, असाहय महिलालगायतलाई सहज भएको छ ।
तीन हजार १ सय ७५ लाभग्राहीको बैंक खातामा जम्मा गरिएको रकम कुमारी बैंकको सहजीकरणमा १ करोड ८५ लाख ८८ हजार ४ सय ७५ रुपैया बितरण गरिएको कनका सुन्दरी गाँउपालिका एमआइएस अपरेटर दिपेन्द्र प्रसाद उपाध्यायले बताए ।
तिहारको मुखमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता, स्थानीय खुशी