समाज

सर्लाहीमा ३१ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ, अपराध नियन्त्रणमा सफलता

२ कार्तिक २०८२, शनिबार ०८:२७

xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित इलाका प्रहरी कार्यालयले सीमा निगरानीका क्रममा ३१ केजी गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला थाना बेला पिपरा ग्राम मुझैलियाका ईजरायल अन्सारी रहेका छन् । उनी पोकामा राखेको गाँजा भारततर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएका थिए ।

ईलाका प्रहरी कार्यालय संग्रामपुरका इन्चार्ज अजय बहादुर क्षेत्रीको नेतृत्वमा भएको निगरानी र सक्रिय ड्युटीका कारण छोटो समयमा तीन जना चोरीमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । यसै क्रममा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको किराना सामान भन्सारमा बुझाइएको छ ।

स्थानीयवासीले पनि क्षेत्रीको कडा निगरानी र जिम्मेवार कार्यशैलीले चोरी तथा तस्करी नियन्त्रणमा प्रभाव परेको बताएका छन् । ‘अब हामी साँच्चै सुरक्षित महसुस गर्छौं । क्षेत्री जस्ता इन्चार्ज आएपछि अपराधीहरू पनि सतर्क हुन थालेका छन् ।’ एक स्थानीयले बताए ।

संग्रामपुरमा भएको यस पक्राउ र सक्रिय निगरानीले सुरक्षामा नयाँ अध्याय सुरु गरेको स्थानीयवासीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्