विज्ञान/प्रविधि

केही समय विजुली नआउनु ‘लोडसेडिङ’ होइन, प्राविधिक समस्या मात्र हो’

२ कार्तिक २०८२, शनिबार १३:५५

कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तयारी पूरा गरेको जनाएको छ ।

प्राधिकरणका अनुसार, धेरै आयोजना रन अफ द रिभर प्रकारका छन् र नदीको प्रवाही निर्भरता तथा डिस्चार्ज घट्दाखेरि उत्पादनमा स्वाभाविक कमी आउने गर्छ । यस वर्ष पनि धेरै आयोजना थपिएका कारण हिउँदमा भारतबाट आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता देखा परेको छ ।

विद्युत प्राधिकरणले असोज १२ र १३ गते ग्राहकहरूलाई बक्यौता तिर्न २१ दिनको समय दिई कार्तिक २ गतेभित्र तिर्न अनुरोध गरेको छ । साथै, संचालक समितिले २८ किस्तामा बक्यौता तिर्न सकिने व्यवस्था पनि गरेको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले प्रसारण लाइन निर्माणमा ढिलाइ भएका कारणहरू पनि सार्वजनिक गरे । ‘मुख्य कारणहरूमा वन तथा रुख कटानसम्बन्धी प्रक्रियागत चुनौती, स्थानीय सामाजिक अवरोध र कठिन भौगोलिक अवस्था रहेका छन्। अधिकांस आयोजना पहाडी भेगमा छन् भने खपत केन्द्र दक्षिणमा रहेकाले उत्तर–दक्षिण प्रसारण लाइनको निर्माण चुनौतीपूर्ण छ,’ उनले भने ।

विद्युत प्राधिकरणले स्पष्ट पारेको छ कि हालको ट्रिपिङ वा सेवा व्यवधान लोडसेडिङ नभएको ढकालले प्रष्ट पारे । प्राविधिक कारणले गर्दा केही समयका लागि लाइनमा अवरोध आएको मात्र हो र प्रणालीमा कुनै संरचनागत क्षति पुगेको छैन । ग्राहकहरूलाई भरपर्दो सेवा दिन प्राधिकरण निरन्तर प्रयासरत रहेको र जहाँ कमी कमजोरी देखिए सुधार गर्न तयार रहेको उल्लेख गरिएको छ ।

प्राधिकरणले आगामी दिनमा सेवा विश्वसनीय बनाउन कन्जुमर फोकस्ड कार्यक्रम लागू गर्ने, हेल्प डेस्क स्थापना गर्ने, प्रसारण र डिस्ट्रीब्युसन लाइन विस्तार गर्ने, ट्रान्सफर्मर थप्ने र ८–१० वर्षको योजनाबद्ध लगानी योजना अनुसार प्रणाली मजबुत पार्ने योजना अघि बढाएको छ।

विद्युत प्राधिकरणले यसरी सुनिश्चित गरेको छ कि ग्राहकहरूसँगको सम्बन्ध मजबुत राख्दै योजनागत रूपमा विद्युत प्रणाली सुदृढ बनाउने काम निरन्तर अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्