
सुर्खेत । लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागू औषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर ३ बाट बाँकेका सद्दाम हुसेन खाँलाई २ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
प्रहरीको टोलीसंग शंकास्पद अवस्थामा भेटिएका खाँको शरिर तथा घर कोठा खानतलासि गर्दा शुद्व २ ग्राम ६५० मिलिग्राम (दुई ग्राम तिन सय पचास मिलिग्राम) लागूऔषध ब्राउनसुगर बरामद गरी खाँलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरी म्याद थप भई थप अनुसन्धान भईरहेको बुढथापाले बताए ।