अर्थतन्त्र

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ बार्षिक उत्सव, सेवा विस्तारमा जोड

१४ कार्तिक २०८२, बिहीबार १४:४६

काठमाडौं । आज कात्तिक १३ गते सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ बार्षिक उत्सव मनाएको छ ।  २१ औँ बार्षिक उत्सवको उपलक्ष्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संस्थाका सम्पूर्ण शेयर धनि, सञ्चालक समिति कर्मचारीलगायत सम्पूर्ण ग्राहकहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

न्यूज बैंकसँग कुरा गर्दै उनले बैंकले आगामि दिनमा सेवालाई विस्तार गरी अझै राम्रो सेवा दिने बताए ।

उनले सञ्चालन समिति, कर्मचारीहरुलाई धन्यवाद दिँदै भने, ‘हाम्रो बोर्ड अफ डाइरेक्टर, सञ्चालन समिति र कर्मचारीहरुले जुन योगदान पुर्याउनु भएको छ,  बोर्डले जुन गाइडेन्स गरिरहनु भएको छ, जुन योगदान छ त्यो विना यो सम्भव नै हुँदैनथ्यो । त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु ।’

उनले १ सय ९ वटा शाखाहरु खोल्न सफल भएको भन्दै आगामी दिनहरुमा अझै पनि यो भन्दा बढी सुद्रिढ राम्रो सेवा दिने बताए ।

‘हामी अहिले जुन ठाउँमा छौ, १ सय ९ वटा शाखाहरु करिव ८५० कर्मचारीको संख्या, ५ सय भन्दा बढी संस्थापकहरुको शेयरलगायत करिब २४ हजार जति हाम्रा शेयर धनीहरु र अनगिन्ती ग्राहक र सेवार्थीहरुको यो वेसलाई लिएर अगाडि बढ्छौं । आगामी दिनहरुमा अझै पनि यो भन्दा बढी सुद्रिढ, राम्रो सेवा दिन सक्छौ साथै व्यवसाय विस्तार गरेर राम्रो फाइदा दिन सक्छौ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्