
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईलाई २४३ रनको लक्ष्य दिएको छ ।
बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा बिहान ११ बजेर १५ मिनेटमा सुरु भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले नेपालले ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएर यूएईलाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
जारी खेलमा पाँच चौंका एक छक्का सहित राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध सेन्चुरी समेत हानेका छन् । उनले १३० बलमा १०९ रन बनाए । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।
यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १–१ विकेट लिए ।