खेलकुद

म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा

१० बैशाख २०८०, आईतवार ०१:३१

काठमाडौँ। रियाद महारेजको ह्याट्रिकमा म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

शनिबार राति भएको पहिलो सेमिफाइनलमा सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो। घरेलु मैदानमा सिटीलाई जिताउन महारेजले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरे।

४३औं मिनेटमा महारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ६१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल महारेजले ६६औं मिनेटमा ह्याट्रिक पूरा गरे। सिटीले उपाधिका लागि म्यानचेस्टर युनाइटेड र ब्राइटनबीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्