Flash News

सन्दीपको मुद्दा पुनः अर्को पेसीमा

११ बैशाख २०८०, सोमबार १२:११

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दा पुनः अर्को पेसीमा सुनुवाई हुने भएको छ ।

लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा न्यायाधीश दिपक ढकालले सुुनुवाई गरे। न्यायाधीश ढकालले सो मुद्धा ‘हेर्दाहेर्दै’ मा राख्न अस्वीकार गरेका छन् ।

पुनः फेरि अर्को सुनुवाई गर्नेगरी सोमबारको बहस सकिएको लामिछानेतर्फका अधिवक्ता सरोजकृष्ण घिमिरेले रातोपाटीलाई बताए । नम्बर–२० इजलामा जाहेरवाला तर्फका कानुन व्यवसायी र सरकारी वकिलले बहस गरेका छन् । लामिछाने तर्फका कानुन व्यवसायीको तर्फबाट सोमबार बहस भएन ।

२०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

असोज २० मा पक्राउ परेका सन्दीप नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्