काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)द्धारा मिति २०८२ मंसिर ५ गते देखी संचालन हुने सि डिभिजन क्वालिफाई प्रतियोगिताको लगि हुम्ला फुटबल एकेडमीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुको छनौट खेल आज सनिबार दिनको १ बजे देखी ३ बजे सम्म फुटसल एरेना, बौद्ध, काठमाडौंमा सम्पन्न भएको छ ।
छनोट खेलमा हुम्ला फुटबल एकेडेमीका अध्यक्ष बिष्णु रावत, उपाध्यक्ष पीति ब. रावल, सदस्य सन्तोष शाही, प्रशिक्षक बिसाल रावत र हिमालय प्रेसका अध्यक्ष देविलाल रावल, किर्डाक नेपालका डाईरेक्टर गोबिन्द ब. शाही, रारा बहुमुखी क्याम्पसका प्रचार्य हिरा बोहोरा लगायत ४२ जना खेलाडीको सहभागिता रहेको थियो ।
छनौट भएका खेलाडीको ट्रेनिङ् भोलिबाट संचालन हुने कुरा हुम्ला फुटबल एकेडेमीका उपाध्यक्ष पीति ब. रावलले हिमालय प्रेसलाई जानकारी दिनु भएको छ ।