एजेन्सी । भारतका लोकप्रिय टेलिभिजन तथा फिल्म अभिनेता ऋत्विक धनजानी पछिल्लो समय रोजाइका कलाकार बनेका छन् ।
हालै मुम्बईमा देखिएका उनी स्टाइलिश रुपमा उपस्थित थिए । ट्रेंडी क्याजुअल पहिरनमा सजिएका अभिनेताले फोटोग्राफरहरूसँग विभिन्न पोज दिए ।
आकर्षक लुक र हँसिलो मुस्कानका साथ देखिएका उनका लाखौं प्रसंशक छन् । उनका पछिल्ला भिडियो र तस्बिरहरू भाइरल हुने गरेका छन् । ऋत्विक धनजानी मनोरञ्जन जगतमा एक स्टाइल आइकन र प्रशंसकको मनपर्ने पात्रका रुपमा स्थापित छन् ।