बागमती प्रदेश

चन्द्रागिरि हाईभिजनका महिला समूहद्धारा दुना टपरी बनाउने सीपमुलक तालिमको आयोजना

४ मंसिर २०८२, बुधबार २०:०६

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ मा रहेको हाईभिजन महिला समूहले दुना टपरी बनाउने सीपमुलक तालिम सुरुवात गरेका छ । चन्द्रागिरि नगरपालिकाका उपप्रमख बसन्ती श्रेष्ठले हाईभिजन महिला समूहलाई दुना टपरी बनाउने मेसिन हस्तान्तरण गर्दै नगरका १५ वटै वडाहरुमा महिला दिदीबहिनीहरुलाई नगरपालिकाले विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै सामग्री हस्तान्तरण गर्दै आएको बताउनु भयो । उहाँले दुना टपरी बनाएर मात्र नहुने बजार पनि व्यवस्थापन गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रमुख श्रेष्ठले यहाँ उत्पादन भएका सामग्री बजार बजार पु¥याउन भौतारिनु भन्दा व्यापक रुपमा प्रचार-प्रशार गरी व्यापारी र सम्बन्धीत व्यक्ति किन्न आउने वातावरण बनाउनु पर्नेमा जोड दिनु भएको थियो।उहाँले नगरपालिकाले विभिन्न समयमा महिलाहरुका लागि भन्दै विशेष किसिमको प्याकेजको व्यवस्था गर्दै आएकोले नगरको वेबसाइटर हेलो चन्द्रागिरी फेसबुक पेज हेरेर जानकारी लिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. ७ का कार्यबाहक वडाअध्यक्ष उमा कुमारी थापाले आफु पनि हाईभिजनबासी नै भएकोले टाढाको भन्दा नजिककै प्यारो भएको भन्दै महिलाको लागि वडाले छुट्याएको १ लाखको बजेट यही समाजलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वडाबासीको आर्थिकोपार्जनका लागि वडा र नगरबाट आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा हाइभिजन कोलोनी समाजका अध्यक्ष तारा बहादुर केसी र हाइभिजन कोलोनी समाजका निवर्तमान अध्यक्ष सूर्य बहादुर कुँवरले पनि मन्तब्य सहित सुझाब राख्नु भएको थियो ।

कार्यक्रम हाई भिजन महिला समुहका अध्यक्ष चित्रकला भट्टचनको अध्यक्षतामा र समुहका सचिव विनिता आलेको संचालनमा  भएको थियो ।

चन्द्रागिरि नगरपालिकाको सहयोग र हाईभिजन महिला समूहले आयोजना गरेको पाँच दिने तालिममा ६० जना महिला दिदी बहिनी सहभागि हुनेछन। तालिमको प्रशिक्षकमा जुना राना रहनु भएको छ ।

कार्यक्रममा हाइभिजन कोलोनी बासिन्दा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्