Flash News

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

१६ बैशाख २०८०, शनिबार १३:३९

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।

काठमाडौँमा जारी एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश गरेपछि प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन्। ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री प्रचण्डले ट्वीट गर्दै भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

कीर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएको तथा खेल नतिजा विहीन हुन पुग्दा नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्