खेलकुद

पीएसजी घरेलु मैदानमा लोरिएन्टसँग पराजित

१८ बैशाख २०८०, सोमबार ०२:५४

काठमाडौं। फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन पीएसजी फेरी पराजित भएको छ । आइतबार राति भएको लिग खेलमा १० खेलाडीमा समेटिएको पीएसजी घरेलु मैदानमै लोरिएन्टसँग पराजित भयो ।

खेलको १५औं मिनेटमा एन्जो लि फीले गोल गर्दै लोरिएन्टलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा अच्रफ हाकिमीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो । एक खेलाडी कम भएपछि किलिएन एमबाप्पेले २९औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।

तर ३९औं मिनेटमा डार्लिन योङ्गवाले गोल गर्दै लोरिएन्टलाई २(१ को अग्रता दिलाए । त्यसपछि ८८औं मिनेटमा बाम्बा डियाङले गोल गर्दै लोरिएन्टलाई ३(१ को जित दिलाए ।

यस सिजन लिगमा पीएसजीको यो छैटौं हार हो । पीएसजीभन्दा मार्से र लेन्सले कम खेल हारेको छ । मार्से ५ र लेन्स ५ खेलमा पराजित भएको छ ।

हारपछि पनि ३३ खेलबाट ७५ अंकसहित पीएसजी शीर्ष स्थानमा छ र उपाधि होडमा अगाडि छ । समान खेलबाट ७० अंकसहित मार्से दोस्रो स्थानमा छ । लोरिएन्ट ३३ खेलबाट ४८ अंकसहित दशौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्