Flash News

नेपाल र यूएईको फाइनल खेल वर्षाले रोकियो

१८ बैशाख २०८०, सोमबार ०७:१२

काठमाडौँ। एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण पुन: रोकिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ बनाउँदा खेल दोस्रो पटक रोकिएको हो ।

यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि खेल रोकिएको थियो । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्