कोहलपुर १४ पौष । पछिल्लो समय बाँके राष्ट्रिय निकुन्ज र निकुन्ज भन्दा बाहिरको वन क्षेत्रमा वन्यजन्तुको सख्या बढ्दै जाँदा वनमा आश्रित रहेका समुदायका नागरिकहरुलाई वन्यजन्तुको आनीबानीको बारेमा सचेतना जगाउने उदेश्यले राप्ती सोनारी गाउपालिका वडा न ४ मा रहेको सिख सामुदायिक वनका उपभोक्ताहरुलाई मानव वन्यजन्तु द्धन्द्ध न्युकिरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दैनिकजसो वनजंगल जाने ब्यक्तिहरुलाई बाघ लगायतका वन्यजन्तुको आक्रमणबाट कसरी बच्ने र जंगल जाँदा के कस्ता सावधानी अपनाउनु पर्दछ भन्ने बिषयमा बिश्व वन्यजन्तु संरक्षण पत्रकार मन्चका अध्यक्ष हुमहरी भट्टराईले जानकारी दिनु भएको थियो । बाघ र चितुवाको जोखिम बढ्दै जाँदा मानिसले आफना आनीबानीलाई परिवर्तन गर्न सकियो भने बन्यजन्तुको जोखिमबाट सुरक्षित रहन सकिने सिख सामुदायिक वनका अध्यक्ष कमल बस्नेतले कार्यक्रममा बताउनु भएको थियो ।
अव बाघ लगायका बन्यजन्तुको संरक्षण गर्दै जंगलको परनिरभरतालाई कम गर्दै बैकल्पिक आयआर्जन तर्फ लागेमा मानव वन्यजन्तुको द्धन्द्ध कम हुने र बन्यजन्तुको पनि संरक्षण हुने हुदा समुदायस्तरमा यस्ता सचेतनामुलक कार्यक्रमले संरक्षणमा टेवा पुग्ने राप्ती सोनारी गाउपालिका वडा न४ वडा सदस्य नुमा बिकले बताउनु भयो । बिश्व वन्यजन्तु संरक्षण मन्चका उपाध्यक्ष एवं युथ मिडिया हवका मिडिया फोकल पर्सन बिष्णु प्रसाद बेल्बासे हात्तीको आक्रमणबाट कसरी बच्ने , कस्तो अबस्थामा आक्रमण गर्ने गर्दछ , वन जंगल जाँदा के कस्ता साबधाी अपनाउनु पर्दछ र मानव वन्यजन्तुको द्धन्द्ध न्युनिकरणमा संचार माध्यमको भुमिका कस्तो हुनु पर्दछ भन्ने बिषयमा प्रशिक्षण दिनु भएको थियो । बिश्व वन्यजन्तु संरक्षण पत्रकार मन्चका अध्यक्ष एबं युथ मिडिया हवका निर्देशक हुमहरी भट्टराईले बाघको आक्रमणबाट कसरी जोगीन सकिन्छ, कस्तो अबस्थामा बाघले आक्रमण गर्दछ । बाघको आनीवानीको कस्तो हुन्छ भन्ने बषियमा प्रशिक्षण दिनु भएको थियो ।
चितुवा के हो यसको जोखिमबाट कसरी सुरक्षित हुने, के कस्ता बैकल्पिक आयआर्जनको कार्यहरु गर्यो भने मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणमा सहयोग पुग्दछ भन्ने बिषयमा समुहगत रुपमा छलफल गरिएको थियो । कार्यक्रममा सिक्टा सव डिभिजनका प्रतिनिधी छोटेलाल चौधरी, वन वातावरणसंग सरोकार राख्ने ७० जना भन्दा बढिको सहभागीता रहेको थियो । कार्यक्रम डिभिजन वन कार्यालय बाँकेको सहयोगमा युथ मिडिया हवले सन्चालन गरेको थियो । कार्यक्रम उपयोगी रहेको सहभागीहरुले प्रतिक्रिया दिएका थिए ।