Flash News

नेपाल र यूएईबीचको खेल नि:शुल्क हेर्न पाइने

१८ बैशाख २०८०, सोमबार १४:०३

काठमाडौँ। एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ।

नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ। आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने,‘ठाउँ बाँकी रह्यो भने अरु समर्थकले पनि नि:शुल्क हेर्न पाउनुहुन्छ।’

नेपालविरुद्ध भोलि यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको स्थितिबाट अघि खेल्न थाल्नेछ। आज यो स्थितिमा पानी परेपछि खेल रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्