काठमाडौं । नेपाल फुल कन्ट्याक्ट कराते महासङ्घद्वारा आयोजित राष्ट्रिय रेफ्री सेमिनार २०८२ चैत २८ गते सम्पन्न ।
किर्तिपुरको सुभकामान पार्टी प्यालेशम भयको रेफ्री सेमिनारमा सुर्य बहादुर बुढाथोकीको सभापतित्वमा र प्रमुख अतिथिका रूपमा भानबहादुर चन्दको गरिमामय उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा पूर्व महासङ्घका अध्यक्ष दमन बस्नेत ज्यू, राखेपका बोर्ड सदस्यहरू जगत सिंह ब. धामी ज्यू र जगत टमाटा को उपस्थिति रहेको थियो ।
लुम्बिनी प्रदेश खेलकुद समिति सदस्य कल्पना आचार्य, विभिन्न सङ्घका अध्यक्ष, ब्रान्च प्रमुख, प्रशिक्षक, खेलाडी तथा गुरुजनहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।
कार्यक्रममा प्रशिक्षकहरू प्रेमबहादुर तामाङ, राजु तुलादर र सुभाष काफ्लेले प्रशिक्षण प्रदान गर्नुभएको थियो भने राजेश्वर स्थापित ले Sports Science सम्बन्धी विशेष कक्षा सञ्चालन गर्नुभएको थियो।
कुल १३७ जना सहभागी रहेको उक्त सेमिनारले रेफ्री प्रणाली, नियम–कानुन तथा व्यावहारिक ज्ञानमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। सहभागीहरूले प्रशिक्षणलाई अत्यन्त प्रभावकारी र उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमले अनुशासित, ज्ञानवर्द्धक र प्रेरणादायी वातावरणमा सफलतापूर्वक सम्पन्न भई खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।