विज्ञान/प्रविधि

आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

९ बैशाख २०८३, बुधबार ०६:२५

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी ‍प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

आज राती कोशी ‍प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्