विश्व

शितला र Poland Primary School No 82, Krakow वीच अन्तरक्रिया सम्पन्न

२७ बैशाख २०८३, आईतवार ०७:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १६ को शितला माध्यमिक विद्यालय र पोल्याण्डको Poland Primary School No 82, Krakow वीच सन् 2026 May 8 मा अन्तरक्रिया सम्पन्न भएकोछ। सो कार्यक्रममा पोल्याण्डको  विद्यालयको तर्फबाट Katarzyna Galek- Zmudzka ले नेतृत्व गर्नुभएको थियो ।

यि दुइ विद्यालय वीच भगिनी सम्बन्ध स्थापना भएकोले पहिलो परिचयात्मक कार्यक्रम आयोजना गरिएको र सो कार्यक्रममा विद्यार्थी शिक्षक परिचय देशको परिचय तथा आ-आफ्नो देशका हिमालको बारेमा सुचना आदान प्रदान गरी एकापसका देशको झण्डा निर्माण परियोजना कार्य साटासाट गरी सम्पन्न भएको कुरा विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्