विज्ञान/प्रविधि

२०८३  जेठ १६ गते शनिबारको मौषम

१६ जेष्ठ २०८३, शनिबार ०७:३३

२०८३  जेठ १६ गते शनिबारको मौषम

दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । देशका तराई र पहाडी भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

रातीः सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम, कर्णाली र, गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी,  बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्