खेलकुद

एमबाप्पेले बायर्नविरुद्ध च्याम्पियन्स लिगको खेल गुमाउने

२० माघ २०७९, शुक्रबार ०४:५२

काठमाडौँ। पेरिस सेन्ट जर्मेनका स्ट्राइकर किलिएन एमबाप्पेले चोटका कारण च्याम्पियन लिग अन्तिम १६ अन्तर्गत बायर्न म्युनिख विरुद्धको खेल गुमाउने भएका छन्। ‘थाई इन्जुरी’ का कारण करिब तीन साता बाहिर बस्नुपर्ने भएपछि एमबाप्पेले खेल गुमाउने भएका हुन्।

बुधबार फ्रेन्च लिग वानमा मोन्टेपिलरलाई ३-१ ले हराउँद एमबाप्पेले घाइते हुँदै मैदान छाडेका थिए। २१औं मिनेटमा मैदान छाड्नुअघि एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेका थिए। पीएसजीले फेब्रुअरी १४ मा घरेलु मैदानमा जर्मन च्याम्पियन्स बायर्न विरुद्ध खेल्नेछ।

यस्तै २४ वर्षीय एमबाप्पेले फ्रेन्च कप अन्तर्गत मार्सेल विरुद्ध फेब्रुअरी ८ मा हुने खेल समेत गुमाउनेछन्। साथै फेब्रुअरी ११ मा हुने मोनाको विरुद्धको खेल पनि उनले गुमाउने छन्। एमबाप्पेले यस सिजन पेरिस क्लबका लागि २६ खेलमा २५ गोल गरेका छन्। च्याम्पियन्स लिगमा बायर्न विरुद्धको दोस्रो लेग भने उनले खेल्न सक्ने सम्भावना छ। दोस्रो लेगको खेल मार्च ८ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्