काठमाडौँ। इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सनराइजर्स हैदरावाद ४ विकेटले विजयी भएको छ।
गएरातिको ५२ औं खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गर्यो ।
अन्तिम बलमा चार रन चाहिएको बेला अब्दुल समादले छक्का प्रहार गर्दै हैदरावादलाई रोमाञ्चक जित दिलाए । यो जितसँगै हैदरावाद आईपीएलको जारी सिजनबाट आउट हुनबाट जोगियो । उसले खेलेका १० म्याचमध्ये यो चौथो जित हो ।
हैदरावादको जितमा अनमोलप्रित सिंह ३३ रन बनाए भने अभिषेक शर्माले अर्धशतकीय पारी खेले । ३४ बल सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५५ रन बनाए । राहुल त्रिपाठीले ४७ रन योगदान गरे । अब्दुल समाद १७ रनमा नटआउट रहे ।
बलिङतर्फ युजवेन्द्र चहलले २९ रन खर्चेर ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २१४ रन बनाएको थियो । उसका लागि जस बटलरले सर्वाधिक ९५ रन बनाए । ५९ बल सामना गरेका उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए ।
यस्तै सन्जु सामसनले नटआउट ६६ रन बनाए । उनले ३८ बल सामना गर्ने क्रममा ४ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यसअघि यशस्वी जयशवालले १८ बलमा ३५ रन बनाएका थिए ।
बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार र मार्को जेनसनले एक–एक विकेट लिए । तर उनीहरु महँगा सावित भए । भुनवेश्वर कुमार र जेनसन दुवैले समान चार ओभरमा ४४ रन खर्चिएका थिए । सबैभन्दा महँगो सावित मयंक र्माकण्डेय भए । उनले ४ ओभरमा ५१ रन दिए ।