Flash News

हालान्डको जादुसँगै मेस्सीको बालोन डी’ओरमा सम्भावना कमजोर बन्दै

२७ बैशाख २०८०, बुधबार ०२:४७

काठमाडौँ। २०२३ कमा बालोन डी’ओरको जित्ने होड निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ। च्याम्पियन्स लिगको नकआउट चरणमा भएको विभिन्न घटनाहरू पश्चात झन् यो विषय निकै चर्चामा आउन थालेको छ।

बालोन डी’ओरको दौडमा विश्वका श्रेष्ठ खेलाडीहरू प्रतिस्पर्धामा छन्। सन् २०२२ मा करिम बेन्जेमाले यो उपाधि जितेका थिए। २०२२ मा कतारमा विश्वकप भएपछि झन् यो व्यक्तिगत अर्वाडका लागि केही विश्वका उत्कृष्ट खेलाडीहरू दौडमा छन्। अगष्टमा यसका लागि भोट दिने कार्य सकिन्छ, त्यो बेलासम्म पनि यो प्रतिस्पर्धा झनै नयाँ स्तरमा पुग्न सक्छ।

सबैभन्दा रोमाञ्चक त अहिले च्याम्पियन्स लिगमा अहिले यो अर्वाड पाउने सम्भावना बढ्दै गएको छ। आखिर क-कसले यो प्रतिस्पर्धामा आफूलाई तयार गरिरहेका छन् त?

१०. मार्कस रेशफोर्ड (म्यानचेस्टर युनाइटेड)

मार्कस पछिल्लो समय बालोन डी ओरको प्रतिस्पर्धामा नवौं स्थानमा थिए। उनले २०२२ देखि २३ सम्म ३२ गोल र ११ असिस्ट गरेका छन्। यसका साथै उनी कारबाओ कपको उपाधि जितेका थिए। यो वर्षको अन्तिममा हट स्ट्रिकपछि रेशफोर्डका फर्म केही खस्किएको छ। तर युनाइटेडले उनलाई टिममा सामेल गर्दै केही उत्कृष्ट नतिजा भने निकाल्न सक्छ। अघिल्लो सिजनका लागि युनाइटेडमा उनीमा निर्भर हुन सक्छ।

९. रोर्बट लेवोन्डोस्की (बार्सिलोना)

Robert Lewandowski Ballon d'Or Rankings GFXरोर्बट लेवोन्डोस्कीबालोन डी ओर प्रतिस्पर्धामा पछिल्लो समय १०औं स्थानमा रहेका थिए। उनले २०२२/२३ मा ३१ गोल गरेका भने ९ असिस्ट गरेका छन्। उनले सुपरकोपा डी एस्पानाको उपाधि जितेका छन्। लेवोन्डोस्कीको हाल फर्मको कुरा गर्ने हो भने उनी अहिले निकै राम्रो अवस्थामा खेलिरहेका छन्। उनको यो खालमको प्रदर्शन होला भनेर सायदै कसैले सोचेको थियो। उनलको लक्ष्य अब बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउने हो र यो लगभग निश्चित जस्तै पनि छ।

जतिजति उनी आफ्नो ३५औं जन्मदिनको नजिक आइरहेका छन् त्यति नै उनी बालोन डी ओरको उपाधिबाट भने टाढाटाढा गइरहेका छन्। तर पोल्यान्डका स्ट्राइकर उनी प्रयासरत छ।

८. कभिचा क्वारत्सखेलिया(नापोली)

Khvicha Kvaratskhelia Ballon d'Or Rankings GFX

क्वारत्सखेलिया पछिल्लो समय बालोन डी ओरको सातौं स्थानमा रहेका थिए। उनले २०२२/२३ मा १६ गोल र १७ असिस्ट गरेका छन्। उनले सिरी ए को उपाधि जितेका छन्। क्वारडोनाको फर्म २०२३ मा खासै राम्रो छैन। वर्षको सुरुआतमा उनको फर्म राम्रो थियो। तर, नापोलीका समर्थकहरुले १९९० पछि पहिलो पटक स्कुडेटो जितेकाले उनको फर्मको खासै वास्ता गरेनन्। जर्जियाका विंगर युरोपियन फुटबलमा उनी महाद्धिपमा नै सबैभन्दा बढी वचाव गर्ने उत्कृष्ट विंगर हुन्।

७. केविन डी ब्रुइन (म्यानचेस्टर सिटी)

Kevin De Bruyne Ballon d'Or Rankings GFX

उनी बालोन डीओरको उपाधि दौडमा पछिल्लो समय आठौं स्थानमा रहेका थिए । उनले २०२२/२३ को बीचमा ९ गोल र २९ असिस्ट गरेका छन् । यो सिजनको पछिल्लो दुई महिनामा उनी आफ्नो फर्ममा फर्किएका छन् । उनको रननिङ नै पछिल्लो समय सिटीलाई ट्रिबल दिलाउन महत्वपूर्ण रह्यो ।

आसर्नलविरुद्ध उनको खेल जित्ने प्रदर्शनको सम्भावना कम हुँदै गइरहेको छ । किनभने सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो। यदि उनले आउँदो दिनमा एफए कप र च्याम्पियन्स लिग दुवै कसले जितछ भन्ने कुरा उनले खुलाउन नसक्नु भनेको एक ठूलो झट्का हुनेछ।

६. भिक्टर ओसिम्हेन (नापोली)

Victor Osimhen Ballon d'Or Rankings GFX

भिक्टर ओसिम्हेन पछिल्लो पटक पनि बालोन डी ओरको दौडमा छैटौं स्थानमा थिए । उनले २०२२ देखि २३ सम्ममा २८ गोल र पाँच असिस्ट गरेका छन् । उनले सिरी एको उपाधि जितेका पनि छन् । ३३ वर्षीय पार्टेनोपेइपछि सिरी एको किताब जितेपछि उनी नापोली फुटबलमा अमर बनेका छन् । अब भने नापोलीको लागि ठूलो चुनौती भनेको यही समरमा यूरोपमा मस्ट वान्टेट फर्वाडको अगाडि उनीहरु कस्तो प्रदर्शन गर्न सक्छन् भन्ने हो ।

५. करिम बेन्जेमा (रियल म्याड्रिड)

Karim Benzema Ballon d'Or Rankings GFX

पछिल्लो पटक पनि पनि पाँचौं स्थानमा परेका वेन्जेमाले उत्कृष्ट हुँदै बालोन डी ओरको उपाधि जितेका थिए । यसपटक उनले २०२२ देखि २३ सम्ममा २९ गोल र ६ असिस्ट गरेका छन् । उनले कोपा डेल रे, क्लब विश्वकप र यूईएफए सुपर कप विजेता हुन् ।

पछिल्लो समय बेन्जेमाको विषयमा एक फरक बहस चलेको छ । उनी पछिल्लो समय यति फिट कसरी भए । यदि पूर्ण फिट नभइकन पनि उनी ह्याट्रिक गर्न सक्छन् भने उनी पक्कै पनि एक उत्कृष्ट खेलाडी हुन् ।

२०२२ का बालोन डीओर विजेतालाई म्यानचेस्टर सिटीको डिफेन्सलाई सम्हाल्न एकदमै धेरै सम्हालिएर खेल्नुपर्ने हुन्छ ।

४. भिनिसियस जुनियर  (रियल म्याड्रिड)

Vinicius Junior Ballon d'Or Rankings GFX

भिनिसियस जुनियर पछिल्लो पटक पनि बालोन डीओरको उपाधि दौडमा चौथो स्थानमा रहेका थिए । उनले २०२२/२३ मा २३ गोल र २५ असिस्ट गरेका छन् । उनले कोपा डेल रे, क्लब विश्वकप र यूईएफए सुपर कप जितेका छन् ।

भिनिसियसअहिले आफ्नो उत्कृष्ट फर्ममा छन् । उनले कोपा डेल रे फाइनलमा म्याड्रिडको लागि उत्कृउष्ट असिस्ट दिएका थिए । यस पछि उनलो विभिन्न खेलबाट आफूलाई किन विश्वको उत्कृष्ट फुटबलरको तालिकामा राख्नुपर्छ भन्ने कुरा प्रमाणित गर्दै गइ रहेका छन् ।

यदि उनले पुन त्यसरी नै खेलेको अवस्थामा म्यानसिटीको तिनगुण गर्ने आशालाई ठेस पूर्‍याउन सक्छन् ।

३.केलियन एम्बापे (पीएसजी)

Kylian Mbappe Ballon d'Or Rankings GFX

पछिल्लो पटक पनि बालोन डीओरको प्रतिस्पर्धामा तेस्रो स्थनमा नै रहेका  फ्रेन्च फर्वाड केलिय एम्बापेले २०२२/२३ मा ४८ गोल र १३ असिस्ट गरेका छन् । पछिल्लो समय सबैको ध्यान एक्बापेको स्ट्राइक पार्टनरमा रहेको छ । उनले अब छिट्टै नै क्लबका लागि अन्तर्राष्ट्रिय फुटबलमा सिजनका लागि पहिलो ५० गोलको निकै नजिक रहेका छन् ।

यो गोल संख्या पेरिसियनको लागि लिग एक जित्नको लागि सहयोगी हुनेछ । तर यो पनि उनलाई पहिलो पटक बालोन डीओरको नजिक भने पुर्‍याउने छैन ।

२. एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी)

Erling Haaland Ballon d'Or Rankings GFXपछिल्लो पटक पनि उनी बालोन डीओरको प्रतिस्पर्धामा दोस्रो स्थानमा रहेका छन् । उनले २०२२-२३ मा गोल मेसिन नै बनेर आएका छन् । उनले हाल ५२ गोल र ८ असिस्ट गरेका छन् ।

यो सबैको लागि आश्चर्यको कुरा हुनेछ । यदि उनले ६० गोलको साथमा यो सिजन समाप्त गरे भने म्यानसिटीले ट्रेबल पनि जित्ने छ । यदि लियोनल मेस्सीले पीएसजीका लागि एक अर्को सिजन खेलेनन् भने उनले बालोन डी ओर जित्लान् त यो हाल सबैको लागि प्रश्न रहिरहेको छ ।

१. लियोनल मेस्सी (पीएसजी)

Lionel Messi Ballon d'Or Rankings GFX

पछिललो समय पनि बालोन डी ओरको शीर्षस्थानमा रहेका उनी यसपटक पनि उपाधिको प्रबल दाबेदार बनेका छन् । उनले २०२२/२३ मा ३७ गोल र २४ असिस्ट गरेका छन् । उनले विश्वकप र ट्रफी डेस च्याम्पियन्स जितेका छन् । मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताउन ठूलो भूमिका रहेका कारण पनि उनलाई यसपटक एकदमै सहज तरिकाले बालोन डीओरको उपाधि हकदार मानिन्छ । तर २०२३ मा उनको खराब फर्म र पीएसजीद्वारा लगाइएको निलम्बनका कारण पनि यो त्यति निश्चित भने भइसकेको छैन ।

गोल डटकमको सहयोगमा

प्रतिक्रिया दिनुहोस्