काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गरेपछि राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ।
बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको हो। राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा गर्यो। राजस्थानको जितमा यशस्वी जयसवालले नटआउट ९८ र सन्जु सामसनले ४८ रन बनाए।
पहिलो ओभरमै २६ रन बनाएका यशस्वीले १३ बलमै अर्धशतक पूरा गरे। आईपीएलमा यो सबैभन्दा छिटो अर्धशतक बनेको रेकर्ड हो। यसअघि केएल राहुलले १४ ओभरमा अर्धशतक बनाएको रेकर्ड थियो।