Flash News

जहाजमा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएपछि…

३ जेष्ठ २०८०, बुधबार १२:१५

काठमाडौँ। भारतीय वायुसेवा कम्पनी आकाशा एयरलाइन्समा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएर पिउन थालेपछि उनी प्रहरीको फन्दामा परेका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजस्थानका स्थानीय प्रवीण कुमारलाई बैंग्लौर प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार उनी अहमदाबादबाट बैंग्लौरका लागि उडेका थिए। जहाजमा बिंडी पिएर यात्रुको ज्यान जोखिममा पारेको अभियोग उनीमाथि लागेको छ।

सोधपुछका क्रममा उनले रेलको जस्तै यात्रा सम्झिएर आफूले बिंडी पिएको प्रतिक्रिया दिएका छन्। आफूले पहिलो पटक हवाई यात्रा गरेको र प्लेनमा बिंडी पिउने नियमबारे जानकारी नभएको बताएका छन्।

आफूले धेरैजसो समय रेलमा यात्रा गर्ने गरेको र त्यस क्रममा शौचालयमा बिंडी पिउने गरेको भन्दै प्लेनमा समेत त्यस्तै सम्झिएर बिंडी पिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्