कला/मनोरञ्जन

सुनिता बुढाको समुधुर स्वरमा ‘प्रदेश जानेलाई’ (भिडियोसहि)

१० जेष्ठ २०८०, बुधबार ०२:२२

काठमाडौँ। लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र एल के सिवाकोटीको स्वरमा ‘प्रदेश जानेलाई’ बोलको गीत बजारमा आएको छ।

एल के सिवाकोटी र सरूना सिवाकोटीको शब्द चरना रहेको छ। त्यस्तै गायक सिवाकोटी र भुमिराज थापाको भाका रहेको छ। विदेशमा काम गर्न जाने नेपालीलाई कुनै प्रकारको अहजता नपरोस्, दुःख, पीडा भोग्न नपरोस् भन्ने सन्दर्भहरू गीतमा समावेश गरिएको निर्माण पक्षको भनाई छ।

राज कुमार र शुसिला गुरुङको अभिनय रहेको गीतको म्युजिक भिडियो निर्देशन राज बिसीले गरेका छन्। सागर खड्काले गीत दृश्य कैद तथा सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्