Flash News

काभा महिला भलिबल: आज नेपाल-भारत भिड्दै

१० जेष्ठ २०८०, बुधबार ०२:४६

काठमाडौँ। नेपालमा जारी एनएससी(काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ। दुई टोलीबीचको खेल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो ३ बजे शुरु हुनेछ।

नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो। दुई खेल जितेर नेपाल समूह एबाट अन्तिम चारमा पुगिसकेको छ।

भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगेको छ। नेपाल भारतलाई हराएर समूह विजेता बन्न चाहन्छ भने घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्ने योजनामा छ।

यो समूहबाट बंगलादेश र किर्गिस्तान समूह चरणबाट बाहिरिसकेका छन्। यस्तै समूह बीबाट कजाकस्तान र उज्वेकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन्। बुधबार बंगलादेश र किर्गिस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ।​ श्रीलंका र माल्दिभ्सबीच तथा उज्वेकिस्तान र कजाकस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्