खेलकुद

पीएसजीको जितमा मेसीको निर्णायक गोल

२२ माघ २०७९, आईतवार ०३:४६

काठमाडाैँ। लियोनल मेसीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा टुलोजलाई २–१ गोल अन्तरले हराएको छ।

यो जितसँगै पीएसजीले अंक तालिकाको शीर्ष स्थानमा आठ अंकका अग्रता बनाएको छ। एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै पिएसजीले रोमाञ्चक जित निकाल्ने क्रममा थप गोल आचफर हामिमीले गरे। टुलोजका लागि ब्रान्को भान डेकोले गोल गरेका थिए।

ब्रान्को भान डेकोले खेलको २० औ मिनेटमा गोल गर्दै टुलोजलाई सुरूआती अग्रता दिलाएका थिए। तर, खेलको ३८ औं मिनेटमा आचरफ हाकिमीको गोल गर्दै खेललाई पहिलो हाफमा १(१ गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलको ५८ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। मेसीले २५ यार्डबाट गरेको उत्कृष्ट गोलनै निर्णयाक बन्दा पिएसजीले महत्वपूर्ण ३ अंक जोडेको छ।

चोटका कारण केयलिन एम्बाप्पे र नेयमारलाई गुमाइरहेको पीएसजीका लागि मेसीले यस सिजन आफ्नो दसौं लिग गोल गरेका हुन्। उनले यो सिजन समग्रमा १५ गोल गरिसकेका छन्।

यो जितले पीएसजीको २२ खेलबाट ५४ अंक भएको छ। दोस्रो स्थानमा रहेको मार्सेइलो २१ खेलबाट ४६ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानको लेन्सले ४५ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्