खेलकुद

मेसीको बिदाइ खेलमा पीएसजी पराजित

२१ जेष्ठ २०८०, आईतवार ०३:०२

काठमाडौं। लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ।

लिगको उपाधि जितिसकेको पीएसजी शनिबार राति भएको खेलमा क्लेमोन्ट फुटसँग ३-२ ले पराजित भयो। घरेलु मैदान पार्क डे प्रिन्समा पीएसजीले दुई गोलको अग्रता बनाए पनि जोगाउन नसक्दा पराजित भयो। यसअघि नै पेरिस क्लब छाड्ने घोषणा गरिसकेका मेसी र रामोसले पीएसजीका लागि अन्तिम खेल खेलेका छन्।

पीएसजीका लागि अन्तिम खेल खेलेका सर्जियो रामोसले पाँचौ मिनेटमै गोल गरेका थिए भने केलियन एमबाप्पेले २१औं मिनेटमा गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाएका थिए।

क्लेमेन्ट फुटका लागि जोन गस्टिनले २४औं र मेहदी जेफानले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेल बराबरीमा ल्याए। ग्रेजोन केईले ६३औं मिनेटमा विजयी गोल गरे। अन्तिम खेल हारे पनि च्याम्पियन पीएजीले ३८ खेलबाट ८५ अंक जोड्यो। दोस्रो स्थानको लेन्सले ८४ अंक जेडर लिग सकायो। कलेमेन्ट फुटबले ५९ अंक जोड्दै आठौं लस्थानमा रहेर लिग सकाएको छ।

प्रतिक्रिया दिनुहोस्