Flash News

कराँतेका पदक विजेता खेलाडीहरुलाई सम्मान्

२९ जेष्ठ २०८०, सोमबार १२:५३

गोकर्णेश्वर नगरपालीकाले मिति २४, २७ र २८ मा भारतको बिशाखापटनमा सम्पन्न भएको प्रथम नेपाल ओपन कराँते च्याम्पियनशिपमा नेपाल शोतोकान कराते डोका खेलाडीहरुले अत्यन्त राम्रो खेल प्रदर्शन गरी नेपाललाई विभिन्न पदक दिलाई नेपाललाई विश्व सामु चिनाउनुका साथै आफ्नो राष्ट्को शिर उच्च राख्न सफल खेलाडीहरुलाई प्रशंशापत्रद्धारा सम्मान गरेको छ ।

सम्मान कार्यक्रम नेपाल सोतोकान कराँते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक तथा नेपाल कन्ट्रि डाइेरेक्टर धिरजे मान तामाङ्गको सभापतित्वमा, गोकर्णेश्वर नगरपालीकाका यूवा तथा खेलकुद विकाश समितिका अध्यक्ष्य सञ्जय लामाको प्रमुख आतिथ्यमा र काभ्रे सोतोकान कराँतेका प्रमुख प्रशिक्षक राममणी काफ्लेद्धारा स्वागत भाषणमा कार्यक्रम सम्पन्न भएको थियो । सम्मान कार्यक्रममा खेलाडीहरुको हौसला र प्रोत्साहनको लागि गोकर्णेश्वर नगरपालीकाले खेलाडी सम्मान गरेको प्रमुख अतिथी गोकर्णेश्वर नगरपालीकाका यूवा तथा खेलकुद विकाश समितिका अध्यक्ष्य सञ्जय लामाले बताए ‘गोकर्णेश्वरबाट खेल्ने खेलाडीहरुलाई हामीले अब कुनै पनि खेलकुदमा लाग्दा अभाव नहुने गरी हरेक प्रकारको सहयोग गर्न तयार छौं, तपाईहरुले आफ्नो वडा देखि जिल्ला, क्षेत्र हुदै राष्ट्रको नाम उँचो हुने गरी खेल्नुहोस तपाईहरुको आवश्यकता हामी पुरा गर्न प्रयत्न गर्ने छौं उनको भनाई थियो । त्यसैगरि सोतोकान कराँतेका अध्यक्ष तथा प्रमुख प्रशिक्षक तथा नेपाल कन्ट्रि डाइेरेक्टर धिरजे मान तामाङ्गले सोतोकान कराँतेको इतिहास बारे जानकारी गराँउँदै खेलाडीहरुलाई मेहनत गर्न तथा अझ बढि पदक हासिल गरि देशको नाम उँचो राख्न हौस्याउनु भएको थियो । सो अवसरमा हुम्ला जिल्लामा सोतोकान कराँते संघको गठन गर्ने सम्बन्धमा यस हिमालय आवाजका अध्यक्ष देविलाल रावल तथा सम्पादक प्रीति बहादुर राउतसँग छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्