Flash News

काठमाडौँ र पोखरामा हिन्दी फिल्म प्रदर्शनमा रोक

४ असार २०८०, सोमबार ०१:५१

काठमाडौँ। काठमाडौं महानगरपालिकाले आज (सोमबार) देखि सबै हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ।

भारतीय चलचित्र आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक वाक्य नहटाएको भन्दै महानगरका प्रमुख बालेन साहले हिन्दी फिल्म प्रदर्शनन रोक्ने निर्णय गरेका हुन्। ​साहले नगर प्रहरी खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन्।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्नेछ’, उनले भनेका छन्, ‘त्यसैले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ।’

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर साहले सामाजिक सञ्जालमार्फत तीन दिनको समय दिएका थिए। काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन्।

त्यस्तै पोखरा महानगरपालिकामा पनि आजबाट हिन्दी सिनेलाई प्रदर्शनमा रोक लगाउने भएको छन्। बलिउड चलचित्र ‘आदिपुरुष’ को संबादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाईएको हो।

पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै सोमवारबाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाएको हो। ‘दक्षिण भारतीय चलचित्र ‘फिल्म’ ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाईएको ब्योहोरा जानकारी गराईन्छ’ नगर प्रमुख धनराज आचार्यले भनेका छन।जसअनुसार बाराही क र ख, श्रीकृष्ण र बिन्ध्यवासिनी, सिनेप्लेक्स, मिडटाउनलगायत सिनेमा हलमा हिन्दी प्रदर्शन चल्ने छैन।

प्रतिक्रिया दिनुहोस्