Flash News

रवि लामिछानेको पार्टी सरकारबाट बाहिरियो

२२ माघ २०७९, आईतवार १०:२३

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सो निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृहमन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बारिहने निर्णय गरेको हो।

बैठकले सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ। रास्वपाबाट सरकारमा मन्त्रीहरु बनेकाहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्