Flash News

पदम र निरुताको स्वरमा ‘निष्टुरी माया’ बजारमा (भिडियोसहित)

१८ असार २०८०, सोमबार ०४:४३

काठमाडौँ। गायिका निरुता खत्री र पदमसिंह मिलनको सुमधुर स्वरमा ‘निष्टुरी माया’ बोलको गीत बजारमा आएको छ।

गायिका खत्रीको युट्युव च्यानलमार्फत गत बुधबार सार्वजनिक गरिएको उक्त गीतका शब्द रचना लक्ष्मण अधिकारीले तयार पारेका हुन् भने संगीत गायक पदम सिंहले तयार पारेका हुन्। विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतमा प्रेम कहानीलाई मुल विषय बनाएर प्रस्तुत गरिएको छ ।

गीतको म्युजिक भिडियो मदन खड्काले निर्देशन गरेका छन्। रेशम केसी र मञ्जीला बुढाथोकीको अभिनय रहेको गीतका दृश्य वीरेन्द्र भाट (वीपीन)ले क्यामेरामा कैद गरेका हुन्। म्युजिक भिडियो सम्पादन अनिल रानाको रहेको छ।

भिडियो हेर्नुहोस्

youtube.com/watch?v=xVPR7IeJHJQ

प्रतिक्रिया दिनुहोस्