कला/मनोरञ्जन

महेश र दिपाको स्वरमा ‘साली भिना’ सार्वजनिक

१८ असार २०८०, सोमबार ०७:४९

काठमाडौँ। लोकप्रिय गायक महेश कुमार औजी र दिपा रोकायाको स्वरमा नयाँ गीत बजारमा आएको छ।

‘साली भिना’ बोलको लोक देउडा गीत गायक औजीको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो। नरेन्द्रराज रेग्मीको लय र शब्द रचना रहेको उक्त गीतमा स्थानीय भाषा संस्कृति, परम्परालाई उतार्न खोजिएको निर्माण पक्षको भनाई छ। गायक औजी र रोकायलाई स्मृति शाहीले स्वरमा साथ दिएकी छन्।

 

प्रतिक्रिया दिनुहोस्