Flash News

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

१९ असार २०८०, मंगलवार ०२:५२

काठमाडौँ। एसीसी यू–१६ इस्ट जोन कपको फाईनलमा मलेसियाविरुद्व नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेपछि घरेलु टोलीले बलिङ गर्नेछ।

नेपाली टोली मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि उचाल्ने योजनामा छ। सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाईनलमा स्थान पक्का गरेको थियो।

उता मलेसियाले भने हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्