खेलकुद

च्याम्पियनसिपको उपाधि भारतलाई

२० असार २०८०, बुधबार ०२:००

काठमाडौँ। १४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ। घरेलु टोली भारतले मंगलबार राति खेलिएको रोमाञ्चक फाइनलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराउँदै उपाधि चुमेको हो।

निर्धारित र थप गरिएको समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। अन्ततः पेनाल्टी सुटआउटमा भारतले बाजी मार्‍यो। भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो।

प्रतिक्रिया दिनुहोस्