काठमाडौँ। राजीनामा बुझाएका रास्वपा का ३ मन्त्रीहरुले पत्रकार सम्मेलन गर्ने भएका छन्।
सोमबार दिउँसो ३:०० बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन्। आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका थिए।
रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ।