Flash News

च्याम्पियन लिग खेल्न इरान पुग्दा रोनाल्डोको भव्य स्वागत

३ आश्विन २०८०, बुधबार ११:२४

च्याम्पियन लिग (एसीएल) खेल्न इरानको राजधानी तेहरान पुगेका क्रिस्टियानो रोनाल्डोको भव्य स्वागत भएको छ । रोनाल्डो आबद्ध क्लब अल नासर एशियन च्याम्पियन लिगको ग्रुप इ मा परेको छ। उक्त समुहमा कतारको अल–दुहैल एफसी, ताजिकिस्तानको एफसी इस्तिक्लोल र पर्सेपोलिस रहेको छन् । एशियन च्याम्पियनसिपको २१ औं संस्करयाको ड्र २४ अगस्टमा मलेशियाको राजधानी क्वालालम्पुरमा आयोजना गरिएको थियो । अल नासरले शोसल मिडियामा एक भिडियो सार्वजनिक गरेको छ । जस्मा इरानमा रोनाल्डो एक झलक पाउनका लागि हजारौंको भिड लागेको छ । यहि भिडले गर्दा अल नासरको बसलाई उक्त स्थानमा विस्तारै गुडाईएको थियो । त्यो भिडमा रोनाल्डोलाई देखेर खुशी मनाउने रुने प्रशंसकहरु पनि त्यत्तिकै थिए । ३८ वर्षिय पोर्चुगलका स्टार खेलाडी रोनाल्डो विश्वकप पछि म्यानचेस्टर छोडेर साउदीको अल नासरमा अनुबन्धित भएका थिए। सन् २०२३ मा अल नासरवाट खेल्न थालेका रोनाल्डोले छोटो समयमा नै ३१ गोल गरिसकेका छन भने २७ असिस्ट पनि गरेका छन्। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्