Flash News

हमासले थापेका पासो र जालोका कारण उद्दार कार्यमा ढिलाई ।

६ कार्तिक २०८०, सोमबार १२:४२

इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतङ्ककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव सङ्कलन कार्यमा कठिनाइँ र ढिलाइ उत्पन्न भएको छ ।

उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको छ ।

त्यहाँको सुरक्षा निकायलाई आतङ्ककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू सङ्कलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइ गरेको पाइएको छ ।

मृतकमध्ये पनि केही व्यक्तिका शवमा विस्फोटक पदार्थ राखिएको बताइएको छ । आतङ्ककारीका यस्ता कार्यले त्यहाँको वातावरणमा अझै सन्त्रास छाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्