Flash News

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुर्खेतमा हुने ।

१० कार्तिक २०८०, शुक्रबार २०:२६


सुर्खेत, कर्णाली प्रदेश भलिबल संघले मिति २०८० पौष २० गते देखी २५ गते सम्मा कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर, सुर्खेतमा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । कर्णाली प्रदेश भलिबल संघको सम्पन्न प्रदेश स्तरिय बैठकबाट प्रदेश भलिबल संघको अनुरोधलाई स्विकृत गर्दै नेपाल भलिबल संघको मिति २०८० पौष २० गते देखी २५ गते सम्मा हुने ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्ने अनुमती प्रदान गरेको व्यहोृरा जानकारी गराईएको थियो । उत्त प्रतियोगितामा कर्णाली प्रदेशको तर्फबाट टिम छनौट गर्न आगामी मंसिर ७, ८ र ९ गते सुर्खेमा कर्णालीका सम्पुर्ण जिल्ला, नगरपालिका र गाउपालिकाबाट सक्दो सहभागिता गरी छनोट कार्यक्रम गर्ने जानकारी कर्णाली प्रदेश भलिवल संघका अध्यक्ष श्री कृष्ण श्रेष्ठले हिमालय प्रेसलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्