Flash News

मोडल तथा अभिनेत्री दिपाशा वि.सी.को निधन

२३ कार्तिक २०८०, बिहीबार १८:५७

काठमाडौं । मोडल तथा अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । बिस सेवनका कारण स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । श्रोतका अनुसार, बुधबार बेलुकी साढे ८ बजे दीपाशाले आफ्नै घरमा बिष सेवन गरेकी थिइन् । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए ।

‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । हजारौं म्युजिक भिडियोमा अभिनय गरेकी बिसिको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्