Flash News

हुम्ला गोल्डकप २०८० को आयोजना

३ मंसिर २०८०, आईतवार ०९:४२

काठमाडौं। हुम्ला फुटबल एकेडेमीले हुम्ला गोल्डकप २०८० को आयोजना गरेको छ । ‘हुम्लाको लागि फुटबल: नेपाली सबैको लागि फुटबल’: स्वास्थ्यको लागि खेलकुद:राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ हुम्ला फुटबल एकेडोमीको आयोजनामा मंसिर ४ गतेदेखि उक्त प्रतियोगिता सुरु हुनेआयोजक समितिका अध्यक्ष श्री विष्णु रावतले हिमालय प्रेसलाई जानकारी दिनु भयो।

हुम्ला जिल्लाकै खेलकुदको इतिहासमा सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता यहि मङ्सिर ४ गतेबाट आयोजना हुम्ला सदरमुकाम सिमकोटमा हुनेछ। जिल्लाका खेलप्रेमीहरुलाई खेलमैदानमा उपस्थितिका लागि आयोजक एकेडेमीले चुले निम्तो दिएको छ।

प्रतिक्रिया दिनुहोस्