Flash News

प्रचण्डको काँधमा पाँचवटा मन्त्रालयको जिम्मेवारी

२४ माघ २०७९, मंगलवार ०५:५१

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा पाँचवटा मन्त्रालयको जिम्मेवारी आएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रिक्त रहेको थप दुई मन्त्रालयको कामकाज प्रचण्डले नै गर्नेगरी जिम्मेवारी तोकेसँगै उनको काँधमा पाँच वटा मन्त्रालय परेको हो । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का मन्त्रीहरुले राजीनामा दिएका थिए।

शिक्षामन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पदबाट राजीनामा दिएका थिए। यस्तै स्वास्थ्य राज्यमन्त्री तोसिमका कार्कीले पनि पदबाट राजीनामा दिएकी थिइन्। दुईमन्त्रीको राजीनामासँगै रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रचण्डलाई नै तोकेकी हुन्।

यसअघि रास्वपाकै रवि लामिछानेको गृहमन्त्री पद गएपछि सो मन्त्रालय पनि प्रचण्डले नै सम्हाल्दै आएका छन् भने मन्त्रिपरिषद् विस्तार हुन बाँकी वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय पनि प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्