Flash News

हुम्ला गोल्डकपको उपाधि इमिर्जिङ युवा क्लबलाई

१६ मंसिर २०८०, शनिबार ११:३४

हुम्ला — हुम्ला जिल्लाको सदरमुकाम समिकोटमा सञ्चालन भएको हुम्ला फुटबल एकेडेमीद्धारा आयोजित हुम्ला गोल्ड कप(२०८० को उपाधि इमर्जिङ युवा क्लब, सिमकोटले जितेको छ । शुक्रबार सिमकोट खेल मैदानमा भएको फाइनल खेलमा इमर्जिङ युवा क्लब सिमकोटले चाङ्लालाई १(० ले हराउँदै उपाधि जितेको हो ।
विजेता इमर्जिङ युवा क्लबले रु २ लाख १ सय ११ रुपैयाँ र उपबिजेता हुने चाङ्ला क्लबले १ लाख ११ रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चाङला क्लबका नवीन शिलवाल, डिफेन्समा इमर्जिङका अनिस परियार, मिडफिल्डरमा इमर्जिङकै छवाङ लामा, उच्च गोलकर्ता ठेहेका चन्द्र भण्डारी, उदीयमान खेलाडीको अवार्ड सनलाइटका ज्याकबन बुढा, नव प्रवेशी टिममा पत्रकार महासंघ, अनुशासित टिममा स्याँडा युवा हिमाली क्लब र उत्कृष्ट खेलाडीमा चक्र लामा इमजिङ युवा क्लबबाट छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्