खेलकुद

ईङल्याण्डविरुद्धको टी- २० सिरिजमा वेस्टइन्डिज ३-२ ले विजयी

६ पुष २०८०, शुक्रबार ०३:३०

काठमाडौँ, ६ पुस । वेस्टइन्डिजले ईङल्याण्डविरुद्धको टी- २० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएसँगै सिरिज ३-२ ले विजयी भएको हो ।

ईङल्याण्डले दिएको १३३ रनको लक्ष्य पछाएको वेस्टइन्डिज १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै ईङल्याण्डले १९.३ ओभरमा अल आउट हुदै १३२ रन बनाएको थियो ।

योसँगै वेस्टइन्डिजले ईङल्याण्डविरुद्धको टी-२० सिरिज ३-२ ले जितेको छ । यस सिरिजको प्लेयर अफ द सिरिज फिल साल्ट बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्