नयाँदिल्ली, ६ पुस । भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिमा फ्रान्सका राष्ट्रपति आउने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रों २६ जनवरीमा हुने गणतंत्र दिवस समारोहमा प्रमुख अतिथि हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।
सन २०२४ को गणतन्त्र दिवस समारोहमा फ्रान्सेली राष्ट्रपतिको सहभागिता रहने पक्का भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
गणतन्त्रका दिनका तयारी सुरु भएको छ र अब जम्मा लगभग एक महिना बाँकी रहेको छ ।