समाज

लागूऔषधसहित ११ जना पक्राउ

६ पुष २०८०, शुक्रबार ११:५१

काठमाडाैं, ६ पुस । देशका विभिन्न स्थानबाट लागू‍औषधसहित ११ जना पक्राउ परेका छन् । सुनसरीकाे धरान उपमहानगरपालिका-१६ न्यु पशुपति मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय ३० मिलिग्राम र नगद ४ हजार ८ सय रूपैयाँसहित सोही उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय विश्वराज राईलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो  ।

 

बर्दियाकाे बढैयाताल गाउँपालिका-७ रानिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्रामसहित सोही गाउँपालिका-३ तमौलिपुर बस्ने ३० वर्षीय बिमल परियारलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

उदयपुरकाे कटारी नगरपालिका-४ सिम्लेबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय होम बहादुर जोगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

चितवनकाे राप्ती नगरपालिका-१ दुबिचौरबाट अवैध लागूऔषध गाँजा ४० किलो ७ सय ग्रामसहित सोही ठाउँ बस्ने २०  सुरेन्द्र चेपाङ समेत ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

पर्साकाे वीरगंज महानगरपालिका-१६ सिंहाई पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१६ नागवा बस्ने १९ वर्षीय सुनिल साह तुरहा र ३३ वर्षीय विशाल पटेल रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.५७ प ४४८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्